कामना सेवा विकास बैंकले भक्तपुर नगरपालिका १७ दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरूलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।कार्यक्रममा ६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए।
प्रकाशित: २६ असार २०८० ०३:५४ मंगलबार