१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

बतास भेहिकल्सको फाइनान्सर्स भेला सम्पन्न

 नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक बिक्रेता बतास एमएडब्लु कमर्सियल भेहिकल्सले भोल्भो आइसर कमर्सियल भेहिकल्स इन्डियाको सहकार्यमा फाइनान्सर्स भेला आयोजना गरेको छ।  

आइसर ब्रान्डलाई महत्वपूर्ण सहयोग गर्ने बैंक र व्यवसायीहरूप्रति कृतज्ञता व्यक्त गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपककुमार अग्रवालले बताए। अग्रवालले नेपालको पूर्वाधार विकास र आर्थिक क्रियाकलापमा कमर्सियल भेहिकलको भूमिका महत्वपूर्ण भएको र यस क्षेत्रको विकास तथा विस्तारमा बैंक तथा निर्माण व्यवसायीको योगदान उच्च भएको बताए ।  

कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्र, निर्माण व्यवसायी, कमर्सियल भेहिकलका अगुवा, यातायात संघका पदाधिकारी तथा विज्ञहरूसहित १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो।

प्रकाशित: २६ असार २०८० ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App