आइएमई लाइफ इन्स्योरेन्सको सेयर ‘ओभर सस्क्राइभ’ भएको छ। तेस्रो दिन बेलुका सम्ममा कम्पनीको सेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ।
कम्पनीले १ सय ३६ रूपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रूपैयाँ ९१ पैसाको दरमा १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई वितरण गरिसकिएको छ।
प्रकाशित: २५ असार २०८० ०४:२८ सोमबार