१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

१६ औं योजनाका लागि सुझाव लिँदै राष्ट्रिय योजना आयोग

राष्ट्रिय योजना आयोगले १६ औं योजनाका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाहरूसँग छलफल गरेको छ। बुधबार सिंहदरबारस्थित आयोगको हलमा भएको छलफलमा १६ औं योजनाका लागि सुझाव दिन कोसी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरू सहभागी भए।  

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिल्ला समन्वय समिति, नगरपालिका संघ तथा गाउँपालिका संघका प्रतिनिधिहरू सहभागी भए।  

छलफमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठ, सदस्यहरू डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, प्रा.डा.आरपी विच्छा, डा. रमेशचन्द्र पौडेल, डा. अनिता शाह ढुंगाना, सदस्य सचिव डा. तोयनारायण ज्ञवाली सहभागी थिए। १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. नरविक्रम थापा, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसी, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेश योजना आयोगका उपाध्यक्ष मोहनदेव विष्टले सुझाव दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिल्ला समन्वय समिति, नगरपालिका संघ तथा गाउँपालिका संघका प्रतिनिधिहरू सहभागी भए।

यसैगरी जिल्ला समन्वय समिति महासंघका उपमहासचिव दिपक गौतम, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघका तर्फबाट सल्लाहकार लेखनाथ पोखरेलले १६औं योजनाका लागि सुझाव दिएका छन्।  

कस्तो आयो सुझाव?  

सुझाव दिने अधिकांशले कृषिको उत्पादकत्व बढाउने तथा रोजगारी सिर्जनाका लागि मदत पुग्ने किसिमको योजना बन्नुपर्ने बताएका छन्। यसैगरी सहज र सुलभ स्वास्थ्य सेवा साथै गुणस्तरीय शिक्षामा समेत १६ औं योजनाले ध्यान दिनुपर्ने सहभागीहरूको सुझाव छ। १५ औं योजनामा भएका कमीकमजोरीहरू समेत सुधार गर्दै १६ औं योजनाले कृषि उत्पादकत्व र रोजगारीलाई विशेष ध्यान दिनुपर्ने प्रदेश योजना आयोगका उपाध्यक्षहरूको सुझाव छ।  

वैज्ञानिक वन व्यवस्थापन गर्न सके कुल गार्हस्थ्य उत्पादनमा वनक्षेत्रको १५ प्रतिशत योगदान पुर्याउन सकिने भन्दै काठजन्य वस्तुहरूको उपयोग गर्ने र अहिले भइरहेको फर्निचर आयातलाई कम गर्ने किसिमको नीति तर्जुमा गर्नुपर्ने सुझाव छ।  

हिमालयबाट बग्ने पानीको उद्योग खोली निर्यात गर्ने, सूचना प्रविधिको माध्यमबाट रोजगारी सिर्जना गर्ने, दक्ष जनशक्ति उत्पादनमा फोकस हुने लगायतका सुझाव प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिहरूले आयोगलाई दिएका छन्। आयोगले यसअघि आफ्ना पूर्व उपाध्यक्ष, पूर्व सदस्य, विषय विज्ञहरूसँग समेत सुझाव लिइसकेको छ।

प्रकाशित: २२ असार २०८० ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App