९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

सिंगाे गाउँ व्यावसायिक बाख्रापालनमा

फाइल तस्वीर

म्याग्दीको मंगला गाउँपालिका-१ खानीगाउँका यामबहादुर बुढाथोकीले झण्डै दुई दशक खाडी मुलुकमा बिताए। युएईमा ९, कुवेत ६ र मलेसियामा ३ वर्ष रोजगारी गरी घर फर्किएका बुढाथोकीको दैनिकी अचेल बाख्राको स्याहारसुसार र कृषि खेतीमा बितिरहेको छ।

विदेशबाट फर्किएका बुढाथोकीले निर्वाहमुखी तवरले गरिने बाख्रापालनबाट आम्दानी नहुने थाहा पाएपछि सुरु गरेको बाख्रापालन गाउँभरि फैलिएर अहिले व्यावसायिक रूप लिएको छ। बस्तीमनिको अध्याँरो जस्तै रहेको खानीगाउँमा बुढाथोकीले सुरू गरेपछि गाउँका १७ जना कृषकले व्यावसायिक बाख्रापालन सुरू गरेका छन्। खानीगाउँमा दुईचारवटा बाख्रा रहेका हरेक घरमा अहिले बाख्राको व्यवस्थित खोर समेत छ।

म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले झण्डै दुई दशक खाडी मुलुकमा बिताए। युएईमा ९, कुवेत ६ र मलेसियामा ३ वर्ष रोजगारी गरी घर फर्किएका बुढाथोकीको दैनिकी अचेल बाख्राको स्याहारसुसार र कृषि खेतीमा बितिरहेको छ।

‘सबै गाउँलेले बाख्रापालन सुरू गरेका छन्, ‘चरनक्षेत्रको समस्या छैन, बाख्रा पालेर पैसा कमाउनुपर्छ भन्ने ज्ञान सबैमा छ’ स्थानीय बाख्रापालक कृषक राजन राम्जालीले भने। उनले बुढाथोकीको प्रेरणाबाट सिंगो गाउँ व्यावसायिक बाख्रापालनमा लागेको बताए।

विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिंगो गाउँमा वितरण गर्ने, समूह बनाएर सिप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन समेत गरिएको छ।

विगतमा सामान्य खर्चको जोहो गर्न स्थानीय जातका बाख्रा पालेकाले अहिले उन्नतजातका बाख्रापालनमा जुटेका बाख्रापालक कृषकको दैनिकी दिउँसो जंगलमा बाख्रा चराउने, ल्याउने, खोरमा राख्ने गरेरै बित्छ ‘मैले सुरू गरेको व्यावसायिक बाख्रापालनमा समुदायको साथ छ, हामीले मिलेर बाख्रापालन गरेका छौं’ अगुवा बाख्रापालक कृषक यामबहादुरले भने।

विदेशबाट फर्किएपछि करिब ६ लाखको लगानीमा बुढाथोकी कृषि तथा पशुपन्छी फार्म सुरू गरेपछि स्थानीयलाई समेत सक्रिय बनाएको बताए। बाख्रापालन गरेको पहिलो वर्ष विषालु घाँस खाएर खोर रित्तिए पनि बाख्रापालनलाई निरन्तरता दिएपछि समुदायले समेत विश्वास गरेको उनले बताए।

विदेशबाट फर्किएका युवाको सक्रियतामा अनुदानसहितका कार्यक्रममा समेत सिंगो गाउँमा वितरण गर्ने, समूह बनाएर सिप हस्तान्तरणसहितका रचनात्मक कार्यबाट खानीगाउँमा बाख्रापालन, तरकारी खेती तथा मौरीपालन समेत गरिएको छ।

उनीसँग अहिले ३ वटा हाइटेक प्रविधिको टनेल, बोयरसहित ७० वटा उन्नतजातका बोका-बाख्रा र ३ सय सुन्तलाको बोट छ। बाख्रापालन र तरकारी खेतीबाट वार्षिक १० लाख आम्दानी गर्ने गरेका छन्।

‘विदेशमा धेरै वर्ष बिताएँ, त्यहाँको सिप र जागँरलाई घरमै प्रयोग गर्न थालेको छु, यसले केहीवर्षमै गाउँमा परिवर्तन आएको छ’ बुढाथोकीले भने।

सिकेको सीप समुदायमा हस्तान्तरण गर्दा गाउँमा छिटो परिवर्तन आउने अनुभव आफूले पाएको बताए। खोरमा दाना खुवाउन, पाठापाठी, बोका राख्न र सुत्केरी र माउ राख्न छुट्टाछुट्टै ठाउँ बनाइएकाले समेत सहज भएको उनले बताए। ‘बाख्रापालनमा खानीगाउँलाई नमुना गाउँ बनाउने योजना छ,’ उनले भने, ‘अब हामीले बाख्रा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने तयारी भइरहेको छ’ बुढाथोकीले भने।  

प्रकाशित: २० असार २०८० ०३:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App