१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

प्राइम-टाइल्स् विथ स्टाइल अब नेपाली बजारमा

प्राइम सेरामिक्सले प्राइम  टाइल्स् विथ स्टाइलको बिक्री–वितरण सुरु गरेको छ। नेपाली उपभोक्ताले नेपालमै उत्पादित अन्तर्राष्ट्रिय स्तरको टायल सुपथ मूल्यमा पाउने उद्देश्ले बजारमा ल्याएको कम्पनीले बताएको छ।

नवीन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई पुनः परिभाषित गर्ने सोचसहित कम्पनीले रौतहटस्थित बृन्दावन नगरपालिका वडा ६ मा १० विघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्वारा पूर्ण रूपमा स्वचालित उद्योग स्थापना गरेको छ।

उद्योगले आयात प्रस्थिापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारी सिर्जना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थ प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने कम्पनीले जनाएको छ। 

प्रकाशित: १८ असार २०८० ०४:१५ सोमबार

नवीन तथा आकर्षक डिजाइनयुक्त टायल प्राइम सेरामिक्स