१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र

नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरू उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र पारिरहेको जनाएको छ। यसका बाबजुद अझै पनि ग्राहकको मागबमोजिम केही स्थानहरूमा सेवा उपलब्ध गराउने क्रम जारी रहेको कम्पनीले जनाएको छ। सेवाग्राहीको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधि मार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।  

यस्तै असार ११ गतेदेखि एफटीटीएच सेवा प्राप्त गर्न चाहने मुलुकभरका सेवाग्राहीले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने र ती स्थानमा कम्पनीले यथासम्भव छिटो एफटीटीएच जडान गर्ने बताएको छ।  

साथै नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने जानकारी कम्पनीले दिएको छ। एफटीटीएच सेवामा एउटै फाइबरबाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ।

 

प्रकाशित: १२ असार २०८० ०३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App