२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

मनाङ उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

लमजुङ– हिमाली जिल्ला मनाङका उद्योगी व्यवसायीको छाता संस्था मनाङ उद्योग वाणिज्य संघमा १९ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । सदरमुकाम चामेबजारमा हालै भएको तेस्रो साधारण सभा तथा अधिवेशनले छिरिङदोर्जे लामाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको हो।

अधिवेशनबाट उद्योगतर्फको उपाध्यक्षमा कान्छा गुरुङ र वाणिज्य तर्फको उपाध्यक्षमा खरिमाया गुरुङ चयन भएका छन्। संघको महसचिवमा सविनकुमार श्रेष्ठ, कोषाध्यक्षमा दावाछिरिङ लामा चयन भएको मतदान अधिकृत हरि पौडेलले बताए।

सदस्यमा निवर्तमान अध्यक्ष राजनकुमार श्रेष्ठ, इन्द्रकुमारी लामा श्रेष्ठ, मिङमार डोमा लामा, निमा लामा, लिलबहादुर गुरुङ, मुनेन्द्रजंग गुरुङ, गंगाप्रसाद श्रेष्ठ, शेरप गुरुङ, लिलबहादुर गुरुङ, लक्ष्मीकुमारी लामा, गुरुप्रसाद गुरुङ, मेनका घले, कर्म शेरप वाङ्छु र प्रकाश बिक रहेका छन्।

नयाँ नेतृत्व चयनसँगै अध्यक्ष लामाले जिल्लाका समग्र उद्योग, व्यवसाय र वाणिज्यको क्षेत्रमा उपलब्धिमूलक कार्ययोजना बनाएर कार्यान्वयन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

हिमाली भेग भएकाले त्यहाँको प्रमुख आर्थिक स्रोत पर्यटन नै भएको र त्यसको प्रभावकारिताका लागि प्रवद्र्धनात्मक, एवं व्यवहारिक उपलब्धी हासिल गर्नमा आफ्नो सिंगो समिति लागिपर्ने उनको प्रतिबद्धता थियो । जिल्लाभर छरिएर रहेका व्यवसायीलाई संगठित बनाउने र व्यवसायिक सहजताका लागि बेंसीसहरदेखि मनाङसम्मको सडक स्तरोन्नतिका लागि पहल गर्नेमा लामाले प्रतिबद्धता जनाएका छन् ।

 

प्रकाशित: १७ वैशाख २०७४ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App