जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा संजयकुमार मण्डल नियुक्त भएका छन्। मण्डल दास्रो पटक लघुवित्तको सिइओमा नियुक्त भएका हुन्।
संस्थाको सञ्चालक समितिको ७९ औं बैठकले उनलाई पुनः सिइओमा नियुक्त गरेको हो। यही असार १ गतेदेखि लागू हुने गरी सिइओमा मण्डललाई थप ४ वर्ष अवधिको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।
प्रकाशित: ३ असार २०८० ०३:३६ आइतबार