१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

राणा ट्युनिसियाको अवैतनिक दूत

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतको जिम्मेवारी पाएकी छिन्। बिहीबार काठमाडाैंको एक होटलमा आयोजित कार्यक्रममा नेपालका लागि ट्युनिसियाका राजदूत हाएत तल्बी इपि बिलेलबाट राणाले नियुक्तिपत्र ग्रहण गरिन्।

नियुक्तिपत्र बुझेपछि राणाले दुई देशबीच सम्बन्ध विस्तार गर्न आफूले भूमिका खेल्ने बताइन्। दुई देशबीच व्यापार व्यवसाय विस्तार गर्न सकिने राणाले बताइन्। ‘दुवै देशको सामाजिक, आर्थिक सुदृढिकरणसँगै पर्यटन प्रवद्र्धन गर्न सहजीकरण गर्नेछु,’ उनले भनिन्।

ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएको हुँदा नेपाललाई युरोपतर्फ व्यापार विस्तार गर्न सहज हुने राणाले बताइन्। कार्यक्रममा नेपालका लागि ट्युनिसियाकी राजदूत इपि बिलेलले दुई देशबीच कृषि, पर्यटन, ऊर्जा लगायतमा लगानीको सम्भावना रहेको धारणा राखिन्।

प्रकाशित: १ असार २०८० ०१:५३ शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघ राणा ट्युनिसियाको अवैतनिक दूत पूर्वअध्यक्ष भवानी राणा