५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक

सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र-२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले प्रतिऋणपत्र अंकित मूल्य हजार रूपैयाँ दरका जम्मा ३ अर्ब रूपैयाँ रकम बराबरको ३ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्। उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ताहरूलाई लाभांस प्राप्त हुने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App