१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

सडकबत्तीको साढे ३ करोड बक्यौता बुझाउन तानसेननगरलाई पत्राचार

पाल्पा– नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रले तानसेन नगरपालिका भित्रका सडक बत्तीको तीन करोड ५० लाख ४२ हजार रूपैयाँ तत्काल बुझाउन तानसेन नगरपालिका कार्यालयलाई पत्राचार गरेको छ । 

प्राधिकरणले लामो समयको बक्यौता उठ्न अझै बाँकी रहेको भन्दै तत्काल बुझाउन नगरपालिकालाई पत्राचार गरेको हो । तानसेन नगरपालिका भित्रका सडक बत्तीको झण्डै आठ वर्ष देखिको कुनै पनि महसुल उठ्न नसकेको प्राधिकरणका सहायक लेखा अधिकृत फर्शुराम पाण्डेयले बताए । विद्युत प्राधिकरणले पटक–पटक महसुल भुक्तानीका लागि पत्राचार गरेपनि नगरपालिकाले अटेर गरेको जनाएको छ । रकम भुक्तानी नगर्दा प्रत्येक महिनामा चार लाख रुपैयाँ महसुल बढिरहेको पाण्डेयले बताए । 

तानसेन नगरपालिकाका कार्यक्रम अधिकृत भरत आचार्यका अनुसार हाललाई विद्युतको महसुल भुक्तानीमा बजेट प्राप्त नहुँदा समस्या भएको बताए । उनले स्थानीय तहको निर्वाचनपछि विद्युत महसुलको समस्या हल हुने बताए । नगरपालिकाका एक कर्मचारीले विद्युत प्राधिकरणले नगर क्षेत्रभित्रका पोलहरु राखेको रकम पनि भुक्तानी नगरेको समस्या थपिएको बताए । 

प्रकाशित: २२ चैत्र २०७३ ११:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App