१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

रोयल इन्फिल्डले वीरगन्जमा उत्पादन केन्द्र स्थापना गर्ने

त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमै मोटरसाइकल एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ। मध्यम आकारको (२५० सीसी-७५० सीसी) मोटरसाइकलहरू विश्वव्यापी बजारमै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगञ्जमा उत्पादन केन्द्र स्थापना गर्न लागेको हो।

भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्रबाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्बली युनिट खडा गरेको छ। नेपालमा बन्ने सीकेडी युनिट पाँचौं हो। यस युनिटको स्थापनाले सार्क क्षेत्रमै आफ्नो व्यापार बिस्तार गर्न मदत पुग्ने विश्वास कम्पनीको छ।

रोयल इन्फिल्डका सिइओ बी गोविन्दराजनले पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने कम्पनीको प्रयास रहेको उल्लेख गर्दै यस कार्यले अन्तर्राष्ट्रिय स्तरमा कम्पनीले ठूलो सफलता हासिल गरेको पनि बताए।

प्रकाशित: २२ जेष्ठ २०८० ०३:२७ सोमबार

रोयल इन्फिल्ड मध्यम आकारको (२५० सीसी-७५० सीसी) मोटरसाइकलहरू