७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रजनन ह्रासले अर्थतन्त्रमा पारेको प्रभाव

२५० वर्षअघिको औद्योगिक क्रान्तिपश्चात् सम्पत्ति आर्जनकै अनुपातमा विश्वको जनसंख्यामा पनि व्यापक बढोत्तरी आएको थियो। विश्वको जनसंख्या चौधौं शताब्दीमा प्लेग महामारी (ब्ल्याक डेथ) का कारण घटेको थियो। त्यसपछि पहिलोपटक यो शताब्दीको अन्त्यसम्ममा विश्वको जनसंख्या घट्ने देखिएको छ। यसको मूल कारण मृत्युको संख्या बढ्नु नभई जन्मदरमा ह्रास आउनु हो।

सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो र यो जनसंख्यालाई स्थिर राख्न आवश्यक मानिने प्रतिस्थापन दर २.१ भन्दा धेरै माथि थियो । हाल आएर यो दर २.३ छ र यो लगातार गिर्दाे क्रममा छ।

विश्वका अधिकांश भूभागमा प्रजनन दर अर्थात् आफ्नो जीवनकालमा एक महिलाले जन्माउने सन्तानको सरदर संख्यामा व्यापक कमी आएको छ। यो रुझानका बारेमा विश्वलाई जानकारी भए पनि यसको मात्रा र प्रभावका बारेमा अझै यथेष्ट समीक्षा हुन सकेको छैन। पछिल्ला वर्षहरूमा कृत्रिम बौद्धिकताको विकासका कारण आशावादी हुने स्थिति देखिए तापनि प्रजनन दरमा आएको लगातार ह्रासले विश्व अर्थतन्त्रलाई गहिरो प्रभाव पार्ने प्रस्ट छ।

सन् २००० मा विश्वको प्रजनन दर प्रतिमहिला २.७ थियो र यो जनसंख्यालाई स्थिर राख्न आवश्यक मानिने प्रतिस्थापन दर (२.१) भन्दा धेरै माथि थियो। हाल आएर यो दर २.३ छ र यो लगातार गिर्दाे क्रममा छ। कुल गार्हस्थ उत्पादन (जिडिपी)का हिसाबले सबैभन्दा धनी मानिएका १५ राष्ट्रमा प्रजनन दर प्रतिस्थापन दरभन्दा न्यून छ।

यी राष्ट्रहरूमा अमेरिकालगायत विश्वका धनी राष्ट्र मात्र होइन, विश्वका एक तिहाइ जनसंख्याको हिस्सा लिएका भारत र चीनसमेत पर्छन्। वृद्धवृद्धाको जनसंख्या अत्यधिक भएको राष्ट्रमा जापान र इटाली मात्र होइन, ब्राजिल, मेक्सिको र थाइल्यान्डसमेत पर्छन्। सन् २०३० सम्ममा पूर्वी तथा दक्षिणपूर्वी एसियाका आधाभन्दा बढी बासिन्दा ४० वर्ष उमेरभन्दा माथिका हुनेछन्।

मानिसहरू हाल भएकाभन्दा थप बालबालिकाको चाहना व्यक्त गर्छन् तर उनीहरूको चाहना र वास्तविकतामा खाडल देखिएको छ। आवास अभाव, प्रजनन स्वास्थ्यमा उपचारको अभाव, नीतिगत असफलता तथा बच्चाको लालनपालनमा लाग्ने चर्काे खर्चका कारण उनीहरू अधिक बालबालिका जन्माउने आँट गर्दैनन्।

वृद्धवृद्धाको मृत्यु हुँदै जाँदा पनि उनीहरूको प्रतिस्थापन नहँुदा जनसंख्या घट्ने गर्छ। अफ्रिकाभन्दा बाहिरको विश्वको जनसंख्या सन् २०५० मा उच्च बिन्दुमा पुग्ने र शताब्दीको अन्तसम्ममा अहिलेको जनसंख्याभन्दा कम हुने आँकलन गरिएको छ। अफ्रिकामा समेत प्रजनन दर तीव्र रूपमा घट्दो छ।

केही वातावरणविद्ले जेजसो भने तापनि घट्दो जनसंख्याले समस्या निम्त्याउँछ। विश्व पूर्ण रूपमा भरिएको छैन र युवाहरूको थोरै जनसंख्याले कैयन् आर्थिक समस्या आउने देखिन्छ। उमेर पुगेर सेवा निवृत्त भएकालाई गर्नुपर्ने सहयोगको मात्रा बढ्ने र यसले आर्थिक रूपमा सक्रिय युवालाई थप भार सिर्जना हुनेछ। उनीहरूलाई राज्यले पेन्सन दिँदा सक्रिय कामदारहरूलाई थप कर लगाउनुपर्ने हुन्छ।

यसैगरी उनीहरूको हेरचाह गर्न आवश्यक पर्ने युवाहरूको अनुपात पनि बिथोलिने देखिन्छ। उदाहरणका लागि हाल धनी राष्ट्रका ६५ वर्षमाथिका हरेक वृद्धवृद्धालाई हेर्न २० देखि ६० वर्ष उमेरका ३ जना उपलब्ध रहेका छन् भने सन् २०५० उता यो संख्या घटेर २ मा झर्नेछ। वृद्धवृद्धाको जनसंख्या बढ्दा कर बढाउनुपर्ने, निवृत्तिभरणको उमेर धकेल्नुपर्ने, बचतकर्ताको खुद नाफा कम हुने र अन्ततः सरकारी बजेटमा संकट आउने हुन्छ।

प्रजनन दर घट्दा निवृत्त जनसंख्याभन्दा कामदारको जनसंख्या कम हुनु समस्याको एउटा पाटो मात्र हो। युवा जनसंख्याले यो चुनौतीको सामना गर्न नवीन हिसाबले सोच्नुपर्ने हुन्छ तर युवाहरू कम उद्यमी हुँदै गएको र जोखिम मोल्ने क्षमता कमजोर हुँदै गएको देखिएको छ।

युवाहरूले वृद्धवृद्धा कामदारहरूले हाँसिल गरेको ज्ञानलाई परिपूरक बनाउनुपर्ने हुन्छ। यसले परिवर्तन सम्भव हुन्छ। वृद्धवृद्धाको जनसंंख्या अत्यधिक भएका देशमा युवाहरूमा कम उद्यमी र मेहनती देखिएका छन्।

वृद्धवृद्धाको जनसंख्या बढ्दा कर बढाउनुपर्ने, निवृत्तिभरणको उमेर धकेल्नुपर्ने, बचतकर्ताको खुद नाफा कम हुने र अन्ततः सरकारी बजेटमा संकट आउने हुन्छ।

वृद्धवृद्धाको जनसंख्या अत्यधिक हँुदा राजनीति पनि त्यति रोचक हँुदैन किनभने राजनीतिबाट यो समूहले धेरै फाइदा लिन सक्दैन। यसैगरी उनीहरू भवन निर्माणजस्ता आर्थिक वृद्धि गर्ने क्रियाकलापमा कम इच्छुक हुन्छन्। यो समाजमा रचनात्मक विनास हुने सम्भावना कम रहँदा उत्पादकत्व वृद्धि कम हुन्छ र यसले आर्थिक विकासका अवसरहरू गुम्दै जान्छन्।

यी समग्र पक्षको विश्लेषणले के प्रस्ट्याउँछ भने कम प्रजनन समाधान गर्नुपर्ने संकट हो। मानिस धनी हँुदा थोरै सन्तान जन्माउन चाहेको देखिएको छ। यही कारणले उनीहरू आफ्नो काम र परिवारप्रतिको दायित्वलाई निर्वाह गर्न सफल रहेका छन्। यसले सकारात्मक परिणाम ल्याएको पनि छ।

लोकरिझ्याइँ चाहने रुढीवाढीहरू कम प्रजनन दर हुनुलाई समाजको असफलता मान्छन् र परम्परागत पारिवारिक मूल्यमान्यताप्रति फर्कनुपर्ने ठान्छन्, त्यो गलत हो। सन्तान धेरै पाउनु राम्रो हो तर केटाकेटी हुर्काउने दायित्व पनि उत्तिकै चुनौतीको विषय हो। यही आधारमा उदारवादी धारणा राख्नेहरू आप्रवासनलाई प्रोत्साहन गर्नु नै यो समस्याको सही समाधान रहेको ठान्छन्। त्यही धारणाका कारण विश्वका धनी राष्ट्रमा सर्वाधिक रूपमा आप्रवासीको संख्या बढेको छ। यसले कामदारको अभावलाई थेग्न सहयोग पुगेको छ। तर, विश्वव्यापी रूपमा प्रजनन दर घट्दा यो शताब्दीको मध्यसम्म केही थप पहल नभएको अवस्थामा शिक्षित युवाहरूको अभाव हुने देखिएको छ।

मत सर्वेक्षण गर्दा मानिसहरू हाल भएकाभन्दा थप बालबालिकाको चाहना व्यक्त गर्छन् तर उनीहरूको चाहना र वास्तविकतामा खाडल देखिएको छ। आवास अभाव, प्रजनन स्वास्थ्यमा उपचारको अभाव, नीतिगत असफलता तथा बच्चाको लालनपालनमा लाग्ने चर्काे खर्चका कारण उनीहरू अधिक बालबालिका जन्माउने आँट गर्दैनन्। यी सुल्झाउन सकिने समस्याको समाधान भएकै अवस्थामा पनि जनसंख्याको प्रतिस्थापन दरलाई माथि उकास्न त्यति सजिलो छैन किनभने जनसंख्या बढाउन अवलम्बन गरिएका नीतिहरू पनि त्यति सफल देखिँदैनन्।

लोकरिझ्याइँ चाहने रुढीवाढीहरू कम प्रजनन दर हुनुलाई समाजको असफलता मान्छन् र परम्परागत पारिवारिक मूल्यमान्यताप्रति फर्कनुपर्ने ठान्छन्, त्यो गलत हो।

उदाहरणका लागि बालबच्चा जन्माउन अनुदान, कर सहुलियत र हेरचाह शुल्कमा विशेष छुट गर्दा पनि सिंगापुरमा प्रजनन दर १ भन्दा कम रहेको छ। शिक्षित युवाहरूको जनसंख्या अभाव रहेको सन्दर्भमा विश्वका गरिब जनसंख्याको क्षमता र सम्भावनालाई भरपुर प्रयोग गर्नुपर्ने देखिएको छ। चीनका दुई तिहाई बालबालिका अझै पनि ग्रामीण क्षेत्रमा बस्छन् र शिक्षाको राम्रो अवसर पाएका छैनन्।

शिक्षित युवाहरूको जनसंख्या अभाव रहेको सन्दर्भमा विश्वका गरिब जनसंख्याको क्षमता र सम्भावनालाई भरपुर प्रयोग गर्नुपर्ने देखिएको छ।

यसैगरी भारतका २५ देखि ३४ उमेर समूहका अधिकांशले उच्च माध्यमिक शिक्षा प्राप्त गरेका छैनन्। आगामी कैयन् दशकसम्म अफ्रिकामा युवाहरूको बाहुल्य रहनेछ। यस्तो अवस्थामा यी देशका युवालाई शिक्षा र सिप उपलब्ध गराउन सकिएमा अन्य देशमा आवश्यक कामदारहरूको आवश्यकता परिपूर्ति हुन सक्छ। तर यसप्रकारको विकास त्यति सजिलो छैन, किनभने जति छिटो कुनै स्थान धनी हुन्छ, त्यहाँको जनसंख्या उत्तिकै छिटो बुढ्यौली उन्मुख हुन्छ।

अन्ततः यिनै कारणले गर्दा विश्वले थोरै युवा जनसंख्या र घट्दो जनसंख्यासँगै समाधानका उपायहरूको खोजी गर्न आवश्यक छ। पछिल्ला वर्षमा कृत्रिम बौद्धिकता (एआई)मा भएको विकास सान्दर्भिक छ। एआईले मानव बुद्धिमा पर्ने थप चापलाई घटाउन सक्छ। रोबोटिक्सको प्रयोग सँगसँगै, एआईले वृद्धवृद्धाको हेरचाह गर्न सहयोग गर्न सक्छ।

यसप्रकारको नवीनताको ठुलो माग रहने प्रस्ट छ। प्रविधिले बच्चाको संख्या कम हुँदा पनि चुनौतीको सामना गर्न सक्षम पार्न सकेमा यो ऐतिहासिक हुनेछ। १८औं शताब्दीमा अर्थशास्त्री थोमस माल्थसले व्यापक जनसंख्या वृद्धिले भोकमरी निम्तिन सक्ने बताएका थिए। तर, मानव प्रतिभाले त्यो आँकलन र चुनौतीलाई समाधान गरेको थियो। विद्यमान चुनौतीको समाधानमा पनि मानव प्रतिभा सफल हुने मान्न सकिन्छ।

इकोनोमिस्ट  

प्रकाशित: २० जेष्ठ २०८० ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App