४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विश्व बैंकसँग १८ अर्बको सम्झौता

विश्व बैंकले नेपाललाई करिब १८ अर्ब रूपैयाँ ऋण तथा अनुदान सहायता उपलब्ध गराउने भएको छ। सरकार र विश्व बैंकबीच नेपालको शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण तथा अनुदान दिने भएको छ।

सरकार र विश्व बैंकबीच अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)सँग १२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण र विद्यालयक्षेत्र रूपान्तरण कार्यक्रम (एसएसटीपी) सञ्चालनका लागि ग्लोबल पार्टनरसिप फर एजुकेसनसँग १ करोड ९७ लाख अमेरिकी डलरको अनुदान सम्झौता भएको हो। सम्झौता पत्रमा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशीय निर्देशक फासिद हदाद जेभ्रोसले हस्ताक्षर गरेका छन्।

सम्झौतामा हस्ताक्षर गर्दै अर्थसचिव पोखरलले विद्यालयक्षेत्र रूपान्तरण कार्यक्रममा परिकल्पना गरिएको सुधारका एजेन्डाले मानव पुँजी विकासका लागि सघाउ पुग्ने बताए। त्यसैगरी, विश्व बैंकका देशीय निर्देशक जेभ्रोसले कार्यक्रमबाट मानव पुँजीको विकास र समावेशिता बनाउन सहयोग पुग्ने बताए।

प्रकाशित: १८ जेष्ठ २०८० ०२:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App