१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

महासंघका अध्यक्ष र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर-हमदीबीच बिहीवार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ।

भेटवार्तामा दुई संस्थाबीच दिगो विकासका लक्ष्यहरू कार्यान्वयन र अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नतिमा पर्न सक्ने प्रभाव न्यूनीकरण लागि सहकार्य गर्ने विषयमा छलफल भएको हो। साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजीक्षेत्र र तीनै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको थियो।

भेटमा महासंघका अध्यक्ष ढकालले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पूरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए।

महासंघको नयाँ नेतृत्वले अगाडि सारेका पाँच प्रमुख प्राथमिकताहरू, आर्थिक संकटको समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजीक्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने, व्यवसायीको सम्मानबारे अध्यक्ष ढकालले जानकारी गराए।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताइन्। आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको बताइन्। लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्युनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने उनको धारणा थियो।

सो अवसरमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले दीगो विकासका लक्ष्यहरू र आर्थिक स्तरोन्नतिमा महासंघकातर्फबाट अहिलेसम्म भएका प्रयासहरूका सम्बन्धमा जानकारी गराए।

प्रकाशित: १२ जेष्ठ २०८० ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App