१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट

सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियर बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका तर्फबाट प्रबन्धक सेल्स एण्ड मार्केटिङ रोजिना महर्जनले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ तथा क्युआर मार्फत खाना र बेबरेजको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन्। यस सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App