९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित

अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब

कुल ग्राहस्थ्य उत्पादनको वार्षिक आर्थिक बृद्धिदर आधार मूल्यमा

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवामा आएको आर्थिक संकुचनका कारण मुलुकको आर्थिक वृद्धिदर अत्यन्त न्यून हुने राष्ट्रिय तथ्यांक कार्यालयकाे अनुमान छ। आधारभूत मूल्यमा आर्थिक वृद्धि २.१६ प्रतिशतमा हुने भए पनि उपभोक्ता मूल्यका आधारमा आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित हुने कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो। विश्व बैंक, एसियाली विकास बैंकले आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका भए पनि कार्यालयको प्रक्षेपण निकै कम रहेको छ।

अर्थतन्त्रमा आएको शिथिलताले आर्थिक वृद्धिदर खुम्चिएको हो। राष्ट्रिय तथ्यांक कार्यालयले चालु आवको ६ देखि ९ महिना अवधिमा मुलुकभर भएका आर्थिक गतिविधिको आँकडा तथा सूचनाको आधार एवम् आगामी दिनमा हुने गतिविधिको अनुमान गरी अर्थतन्त्रको समग्र तस्बिर सार्वजनिक गरेको हो।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा तीन वटा क्षेत्र नकारात्मक भएकाले पनि आर्थिक वृद्धिदरमा प्रत्यक्ष रूपमा असर पारेको बताए। ‘उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रका सूचक नकारात्मक भएकाले पनि अर्थतन्त्रको आर्थिक वृद्धिदर सोचेजस्तो भएन,’ उनले भने, ‘तिनै क्षेत्रको आर्थिक वृद्धिदर ऋणात्मक भएकाले पनि आर्थिक वृद्धिदरमा संकुचन आएको हो।’

चालु आर्थिक वर्षमा उद्योगतर्फको आर्थिक वृद्धिदर २.०४ प्रतिशत ऋणात्मक हुँदै संकुचन हुने अनुमान गरिएको छ। त्यसैगरी निर्माण क्षेत्रमा २.१६ प्रतिशत र थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवामा पनि २.९६ प्रतिशतले ऋणात्मक भएकाले पनि समग्रमा मुलुकको अर्थतन्त्रको आर्थिक वृद्धिदरमा असर पारेको हो। निर्देशक भण्डारीले चालु आर्थिक वर्षमा निर्माण र उद्योग धन्दामा प्रत्यक्ष असर परेकाले पनि आर्थिक वृद्धिदरमा असर परेको बताए।

‘चालु वर्षमा निर्माण क्षेत्र लगभग ठप्पजस्तै रह्यो। उद्योग कलकारखाना पनि नियमित रूपमा सञ्चालन हुन सकेनन्। जसको प्रत्यक्ष असर आर्थिक वृद्धिदरसँग जोडिएको छ,’ उनले भने, ‘अर्कातर्फ चालु आर्थिक वर्षमा थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकलको आयात पनि ह्वात्तै घटेकाले अर्थतन्त्रमा संकुचन देखिएको हो।’

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा तीन वटा क्षेत्र नकारात्मक भएकाले पनि आर्थिक वृद्धिदरमा प्रत्यक्ष रूपमा असर पारेको बताए।

निर्देशक भण्डारीले विश्वका अन्य देशमा भएका घटनाले विश्वव्यापी रूपमा आपूर्ति शृङ्खला खलबलिएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको असरले पनि नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव देखिएको बताए। सोही वृद्धिदर गत आर्थिक वर्ष २०७८/७९ मा ५.१९ प्रतिशत हुने संशोधित अनुमान छ।

आर्थिक वर्ष २०७७/७८ मा भने ४.४९ प्रतिशत रहेको अन्तिम अनुमान गरिएको छ। उद्योग, निर्माण र थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रका सूचक नकारात्मक भएकाले पनि अर्थतन्त्रको आर्थिक वृद्धिदर सोचेजस्तो भएन,’ निर्देशक भण्डारीले भने, ‘हामी प्याथोलोजिस्ट हौं। हामीले समस्या के हो भन्ने रिपोर्ट दिएका छौं। यसको विश्लेषण अर्थशास्त्री, नीतिनिर्माता र योजनाकारले गर्नुहुन्छ ।’ चालु आर्थिक वर्षमा निर्माण क्षेत्रमा आएको संकुचन तथा घट्दो आयातले असर पारेको छ।

अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब

कार्यालयले मंगलबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांक अनुसार यस वर्ष उपभोक्ता मूल्यका आधारमा मुलुकको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार भएर ५३ खर्ब ८१ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०७८/८९ मा भने अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्बको हुने अनुमान गरिएको थियो। कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा सबैभन्दा बढी हिस्सा सेवा क्षेत्रको छ। यो क्षेत्रले कुल जिडिपीको ६२.४ प्रतिशत हिस्सा लिने अनुमान गरिएको छ। यस्तै प्राथमिक क्षेत्रको हिस्सा २४.६ र द्वितीय क्षेत्रको हिस्सा १२.९ प्रतिशत रहने अनुमान कार्यालयको छ।

कार्यालयले मंगलबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांक अनुसार यस वर्ष उपभोक्ता मूल्यका आधारमा मुलुकको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार भएर ५३ खर्ब ८१ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

त्यस्तै कृषि क्षेत्रमा २.६९ प्रतिशत वृद्धि हुने कार्यालयको अनुमान छ। अघिल्लो आवको तुलनामा चालु आवमा द्वितीय क्षेत्रको आर्थिक वृद्धिदर ०.५६ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। चालु आर्थिक वर्षमा उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटका कारणले गर्दा पनि यस क्षेत्रको कुल मूल्य वृद्धिदरमा गत आवको तुलनामा कमी आएको छ। अघिल्लो आवको तुलनामा चालु आवमा सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदरमा स्थिर मूल्यमा २.३३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ।

प्रतिव्यक्ति आय बढ्यो

जनताको प्रतिव्यक्ति आय एक वर्ष अवधिमा २७ अमेरिकी डलरले वृद्धि भएको छ। चालु आवमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन आय वार्षिक १३ सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार ६ सय ८३ नेपाली रूपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा भने १३ सय ७२ अमेरिकी डलर रहेको थियो। कार्यालयका अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १४ सय १० अमेरिकी डलर अर्थात् १ लाख ८४ हजार १ सय ४० रूपैयाँ पुगेको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २४.१२ प्रतिशत तथा गैरकृषि क्षेत्रको ७५.८८ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान छ। चालु आवमा कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धि २.७३ प्रतिशतले वृद्धि हुनेछ।

जलविद्युत् क्षेत्रको सबैभन्दा उच्च योगदान

चालु आर्थिक वर्षमा विद्युत्, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवाले कुल गार्हस्थ उत्पादनमा १.६४ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ। तर, यस क्षेत्रले कुल मूल्य अभिवृद्धि अघिल्लो आवको तुलनामा यस आवमा १९.३६ प्रतिशतले वृद्धि हुने अनुमान छ। यी क्षेत्रमध्ये जलविद्युत् क्षेत्रको ९६ प्रतिशत र ग्यासको हिस्सा ४ प्रतिशत छ। चालु आवमा उत्पादन धेरै भएकाले जलविद्युत् आयोजनाले आर्थिक वृद्धिदरमा थप योगदान दिने भएको हो। चालु आवको कुल गार्हस्थ उत्पादनमा आवास तथा भोजन सेवा क्षेत्रले १.९८ प्रतिशत योगदान दिने अनुमान छ।

चालु आर्थिक वर्षमा विद्युत्, ग्यास, वाष्प तथा वातानुकुलित आपूर्ति सेवाले कुल गार्हस्थ उत्पादनमा १.६४ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ। तर, यस क्षेत्रले कुल मूल्य अभिवृद्धि अघिल्लो आवको तुलनामा यस आवमा १९.३६ प्रतिशतले वृद्धि हुने अनुमान छ।

आवास तथा भोजन क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भने १८.५६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा विदेशी पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि तथा आन्तरिक पर्यटनमा भएको सुधारका कारणले पनि मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव देखिएको हो। घरजग्गा क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ८.३७ प्रतिशतको योगदान दिने अनुमान छ। कार्यालयका अनुसार घरजग्गामा मन्दी भए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले अघिल्लो आवको तुलनामा चालु आवमा २.१७ प्रतिशतले बढ्ने अनुमान छ।

प्रकाशित: २० वैशाख २०८० ००:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App