६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कामना बैंकको सिइओमा थकाली नियुक्त

कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश थकाली नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले उनलाई आइतबारदेखि लागु हुने गरी चार वर्षको लागि उक्त पदमा नियुक्ति गर्ने निर्णय गरेको हो।

थकाली सांग्रिला डेभलपमेन्ट बैंकको म्यानेजमेन्ट टे«नी, कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए। उनले सांग्रिला छोडेपछि प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृतको रूपमा प्रवेश गरेका थिए। त्यसपछि बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा जिम्मेवारी निर्वाह गरी हाल पुनः प्रभु बैंकको नायव महाप्रबन्धक तथा चिफ विजनेश अफिसरको जिम्मेवारी समाल्दै आएका उनीसँग करिब २२ वर्षको बैंकिङ अनुभव रहेको छ।

प्रकाशित: १५ वैशाख २०८० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App