१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मन्त्री लेखकद्वारा रौतहटमा एकै दिन ५ ठूला पुलकाे शिलान्यास

रौतहटको चन्द्रनिगाहपुर–गैडाटार जोड्ने चाँदी खोलामा निर्माण हुन लागेको पक्कि पुलको शिलान्यासका अवसरमा पूजा गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखक। तस्बिरः मदन ठाकुर

रौतहट– भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले रौतहटका विभिन्न ठाउँमा सोमबार एकै दिन ५ ओटा पुलको शिलान्यास गरेका छन्।

विगत २ मध्य तराईका विभिन्न जिल्लामा निर्माण भएका तथा निर्माण गर्न लागिएका भौतिक पूर्वाधारहरुको उद्घाटन र शिलान्यासमा मन्त्री लेखक व्यस्त छन्।

सोमबार उनले रौतहट र सर्लाही जिल्लाको सीमा नदीको रुपमा रहेको बागमतीको माधवपुर र गंगापिपरामा गरी २ ओटा पुलको शिलान्यास गरे। त्यस्तै, चन्द्रपुर नगरपालिकामा पर्ने गैडाटार स्थित चाँदी नदी, रंगपुर गाविसको कोठियारमा पर्ने लमाहा खोला र पिपरा दोस्तीयामा पर्ने तरहारी पुलको शिलान्यास गरे।

डिभिजन सडक कार्यालय तथा हुलाकी सडकद्वारा चाँदी नदिको पूल निर्माण अघि बढाइएको हो।  

विकासको दृष्टिकोणबाट तराईको सबैभन्दा पिछडीएको जिल्लाको रुपमा रहेको रौतहटको आथिृक सामाजिक विकासलाई उकास्न प्रमुख नदीहरुमा पूल निर्माण अघि बढाइएको र यी आयोजनाहरुलाई समयमै पूरा गर्ने आम नागरिकले सहयोग गर्नु पर्ने मन्त्री लेखकले बताए।

गैडाटारस्थित चाँदी खोला पुलको निर्माणका लागि पप्पु शिवशंकर जेभी कन्स्ट्रक्सनले २२ करोड ४४ लाख ४६ हजार २६७ रुपैयाँ ८१ पैसामा ठेक्का पाएको छ। पुलको लम्बाइ ४६९.५० मिटर र चौडाई ७.५० मिटर रहन डिभिजन सडक कार्यालय रौतहटका प्रमुख अरबिन्द गुप्ताले जानकारी दिए। उक्त पुलमा ११ वटा स्पान रहने तथा उक्त पुल २०७६ असार मसान्त सम्ममा सम्पन्न गरिसक्नुपर्ने उनको भनाइ छ।

चन्द्रनिगाहपुृर कोठियार जोड्न लमहा खोला निर्माण हुने पुलको अनुमानित लागत ९ करोड १८ लाख २५ हजार ५५९ रुपैयाँ ५७ पैसा रहेको छ। उक्त पुलको लम्बाइन १२० मिटर र चौठाई ७.५ मिटर रहने बताइएको छ। ३ वटा स्पान रहने यस पुलको निर्णण ठेक्का पनि पप्पु शिवशंकर जेभीले लिएको छ। २०७५ असोज १५ गतेसम्म उक्त पुल निर्माण पूरा गर्नुपर्ने डिभिजन प्रमुख गुप्ताले बताए।

यस्तै पिपरिया दोस्तिया तरहरी पुलको निर्णाण ठक्का पनि पप्पुले नै पाएको छ। ५ करोड ४३ लाख ५० हजारको लागतमा निर्माण हुने उक्त पुलको लम्बाई ६० मिटर तथा चौडाई ७ मिटर रहेको र २०७५ जेठ मसान्तसम्म निर्माण कार्य पूरा गर्नुपर्ने गुप्ताले बताए।

पुल शिलान्यास कार्यक्रममा उर्जा राज्यमन्त्री सत्यनारायण भगत, राैटहटका सांसदहरू रामकुमार भट्टरार्इ, सुनिल यादव, राैटहट कांग्रेसका सभापति कृष्ण यादव, हुलाकी राजमार्ग अायाेजनाका प्रमुख बलराम मिश्रलगायतकाे उपस्थिति थियाे।

मन्त्री लेखकले यसअघि उनले आइतबार सर्लाहीका विभिन्न ठाउँमा भौतिक पूर्वाधारहरुको उद्घाटन तथा शिलान्यास गरेका थिए। मंगलबार उनी बारा जाने कार्यक्रम रहेको छ।

 

प्रकाशित: २५ पुस २०७३ ११:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App