१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

लाेडसेडिङ अन्त्यका लागि दिउँसो सडकबत्ती निभाउन प्राधिकरणको आग्रह

काठमाडौँ–  काठमाडौँ उपत्यकामा विद्युत्भार कटौती मुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसो समेत राजधानीका केही स्थानमा सडक बत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गरी दिउँसो सडक बत्ती त्यत्तिकै बालेर राख्नु जायज नभएकाले निभाएर सहयोग गर्न आग्रह गरेको हो ।

साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गरेको प्राधिकरणले सबैको साथ र सहयोगमा मात्रै विद्युत्भार कटौतीलाई अन्त्य गर्न सकिने जनाएको छ । साँझको समयमा पानी तान्ने पम्प, हिटर, वासिङ मेसिन र गिजर नचलाउन यसअघि नै सार्वजनिक सूचनामार्फत आम नागरिकमा आग्रह गरेको थियो । रासस

प्रकाशित: ३ मंसिर २०७३ १४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App