१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सूर्य नेपाल र सिद्धार्थ राणा उत्कृष्ट करदाता

काठमाडौं- गत आर्थिक वर्ष राज्यलाई सबैभन्दा धेरै कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ सिद्धार्थशम्शेर जबरा परेका छन्। जबरा तारा म्यानेजमेन्ट समूहका प्रबन्ध निर्देशक हुन्। पाँचौं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार सरकारले उनीहरु लगायत १५ उत्कृष्ट करदातालाई सम्मान गरेको छ। लामो समयदेखि उत्कृष्ट करदातामा पर्न सफल राणा यसअघि दोस्रो स्थानमा थिए। आधा दशकदेखि आन्तरिक राजस्व विभागले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउँदै आएको छ। कर दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदातालाई सम्मान गरे।

विभागले १५ वटा बिधा छुट्ट्ययाएर त्यसमध्येबाट उत्कृष्ट छानेर सम्मान गरेको थियो। बहुराष्ट्रिय कम्पनी डाबर नेपाल निर्यातकर्तामा र युनिलिभर नेपाल विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भएका छन्।

सबैभन्दा धेरै कर तिर्ने बैंक तथा वित्तीय संस्थामा नबिल बैंक परेको छ। त्यसैगरी, कृषि एवं पशुपन्छीजन्य उद्योगबाट ओम चाओविरो फिड इन्डस्ट्रिज, सहकारी संस्थाबाट राष्ट्रिय सहकारी बैंक, व्यापार व्यवसायबाट सिप्रदी ट्रेडिङ परेका छन्।

मझौला करदाता (वार्षिक ५ करोडदेखि४० करोड रुपैयाँसम्म कारोबार भएका) मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता सिवेक हस्पिटल रहेको विभागले जनाएको छ। साना करदाता (वार्षिक ५ करोडसम्म कारोबार भएका) मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता सांग्रिला इनर्जी, पर्यटन क्षेत्रका व्यवसायमा सबैभन्दा बढी आयकर तारागाउँ रिजेन्सी होटल्सले तिरेको छ।

नेपाल दूरसञ्चार कम्पनी २०५४ मंसिर १ गत मूल्य अभिवृद्धिकरमा दर्ता भई र हालसम्म समयमै कर विवरण र कर बुझाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्नेमा परेको छ।

प्रकाशित: २ मंसिर २०७३ ०५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App