१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बुद्धलाई ‘उत्कृष्ट वायुसेवा अवार्ड’

काठमाडौं— निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरलाई अन्तर्राष्ट्रिय संस्था फ्रस्ट एन्ड सुल्लिभानले सन् २०१६ का लागि ‘नेपालको उत्कृष्ट वायुसेवा’ अवार्डबाट सम्मानित गरेको छ। 

राजधानीको होटल सोल्टीमा बुधबार आयोजित कार्यक्रममा सुल्ल्भिानले बुद्धलाई उक्त अवार्डबाट सम्मानित गरेको हो । ‘यसखालको प्रतिष्ठित अवार्डबाट हाम्रा सेवा अझ गुणस्तरीय बनाउन थप मद्दत र प्रेरणा मिल्छ,’ अवार्ड ग्रहण गर्दै बुद्धका एमआइएस डाइरेक्टर रजिन रञ्जितले भने।

बुद्धले हाल आठ जहाजबाट दैनिक चार दर्जनभन्दा बढी उडान गरिरहेको छ । आन्तरिकबाहेक काठमाडौंबाट भारतको बनारस तथा भुटानको पारोसम्म चार्टर्ड उडान पनि गरिरहेको छ । बुद्धले गत वर्ष ८ लाख यात्रुलाई विभिन्न गन्तव्य पु¥याएको थियो । 

 

प्रकाशित: २५ कार्तिक २०७३ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App