४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ४.५५ अंकले वृद्धि

साताको पहिलो कारोकारको दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

पछिल्लो एक साता निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक आइतबार सकारात्मक देखिएको छ। आइतबार नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा आएको पुगेको छ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.१३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंकले वृद्धि र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ।

आइतबार कारोबारमा आएका २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर २ अर्ब ५२ करोड ५० लाख ७१ हजार ८०६ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ भने ८ वटा उपसमूहको परिसूचकमा सकारात्मक देखिएको छ। लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। लघुवित्त उपसहुको सूचक २.७८ प्रतिशतले बढेको छ भने फाइनान्स,होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, अन्य, लगानी र निर्जीवन बीमा उपसमूहको सूचक सकरात्मक भएका छन्। यता व्यापार उपसमुहको सूचक १.४० प्रतिशतले घटेको छ।

आइतबार नेप्से परिसूचक बढेसँगै विजय लघुवित्तको शेयरमूल्य ७.९४ अंकले बढेको छ। यस्तै ग्रिन डेभलपमेण्ट बैंक, अभियान लघुवित्त, मिर्मिरे लघुवित्त आराम्भ चौतारी लघुवित्तलगायतको शेयरमूल्य बढेको छ। यता सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ। आइतवार हिमालयन डिस्टीलरीको १० करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।  

प्रकाशित: १४ फाल्गुन २०७९ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App