काठमाडौं-नेपालमा सधैं अभावहुने गरेको सर्पदंशऔषधि (एन्टी स्नेक भेनम)उत्पादनकालागि सरकारी निकायले अनुमतिनदिँदा एक उद्योग अलपत्र परेको छ ।
सुनसरीको महेन्द्रनगर–४ मा स्थापनागरिएको एन्टी स्नेक भेनम सेरुम रिसर्च एन्ड म्यानुफ्याक्चरिङप्रालिले सरकारी निकायबाट विषालु सर्पले टोकेका बिरामीकालागिऔषधिउत्पादनगर्न आवश्यक सर्प पाल्ने अनुमतिनपाउँदाउद्योग अलपत्र परेको हो ।
कम्पनीले सर्पपालनथालेको केहीवर्षमै नेपालमाआवश्यक‘एन्टी स्नेक भेनम’उत्पादन गरेर देखाउने सार्वजनिक प्रतिबद्धता जनाइरहेको बेला सरकारी निकायभने विभिन्नबहानामा पन्छिने गरेको आरोप लगाएको छ । ‘नेपालमाआवश्यक पर्ने ‘एन्टी स्नेक भेनम’उत्पादनकालागिभौतिकपूर्वाधारस्वरुप १० विघा जमिनको बन्दोबस्तगर्नुको साथै अन्यपूर्वाधार जुटाइसकेका छौं,’ उक्तप्रालिकाअध्यक्षलक्ष्मीप्रसादफुयालले भने, ‘तर, सरकारी निकायले विभिन्नबहानाबनाउँदै सर्पपालनगर्न अनुमतिदिनमानेको छैन ।’
सर्पले टोकेका बिरामीबचाउन‘एन्टी स्नेक भेनम’औषधिबनाउन सर्पको विष घोडामा सारेपछि मात्रउक्तऔषधिबनाउन सकिने प्राविधिक बताउँछन् । ‘विषालु सर्पको विषनिकालेर घोडामा सार्ने र विष सारेको घोडाको एन्टीबडीयुक्त रगतनिकालेर प्रशोधनमार्फत ‘एन्टी स्नेक भेनम’बनाउने संसारभरिको प्रविधिहो,’ फुयालले भने, ‘देशमा केहीनयाँकाम गरेर देखाउनखोज्दापनि सरकारी निकायलेअसहयोग गरिरहँदाअचम्ममा परेका छौं ।’ सर्प पालेर विषनिकाल्ननसकेसम्मउक्तऔषधि संसारभरि नै बनाउननसकिने उनले बताए ।
२०७१ सालभदौ ५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमाउक्तप्रालिदर्ता भएपनिअझैं सर्प पाल्ने अनुमतिनपाउँदाऔषधिउत्पादनगर्न नसकिएको उनको भनाय छ । फुयालकाअनुसार सर्प पाल्ने व्यवस्थामिलाइदिन२०७१ सालपछिका स्वास्थ्य, वनमन्त्रीलगायततीमन्त्रालयको नेतृत्वगर्नेसचिव, महानिर्देशक जस्ता उच्चपदस्थअधिकारीलाई पटकपटक भेटे पनिएकले अर्को निकाय र व्यक्तिलाई देखाएर पन्छिने गरेका छन् ।
‘सर्प पाल्ने व्यवस्थाहोस् भनेर आग्रहगर्दागर्दै स्वास्थ्य सेवाविभागमामात्रतीनजनामहानिर्देशक परिवर्तन भइसके,’ उनले भने, ‘अहिले आएर स्वास्थ्य सेवाविभागकामहानिर्देशक सरकारले नै ‘एन्टी स्नेक भेनम’बनाउने भन्दै हुनुहुन्छ । तर, निजी क्षेत्रलाई उक्तऔषधिउत्पादनगर्न दिने÷नदिनेबारे प्रस्ट पार्न सक्नुभएको छैन ।जसले गर्दा झन् अलमलमा परेका छौं ।’ सरकारले ‘एन्टी स्नेक भेनम’उत्पादनगर्न सकेको खण्डमा निजी क्षेत्रको आवश्यकता नै नपर्ने बताउने फुयालले २०७१ सालयताउद्योग स्थापनाकालागिकरिब ५ करोड रुपैयाँखर्च भइसकेको दाबी गरे । सरकारी निकायले सर्पपालनको अनुमति दिएपछि सोहीउद्योगकालागिकरिब ७५ करोड रुपैयाँखर्च हुने र ४ सय कर्मचारीले रोजगारी पाउनेसमेत उनको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु ऐन २०६० ले सर्पपालनमा रोक लगाएको भन्दै सरकारी निकायले सर्पपालनमाअनुमतिदिननसकेकोजानकारी दिने गरेको फुयालले बताए ।
स्वास्थ्य सेवाविभागकामहानिर्देशक डा. भीमआचार्यले भने नेपालमा ‘एन्टी स्नेक भेनम’खरिद गर्न सधैं समस्याहुने गरेकाले उक्तऔषधि स्वदेशमाउत्पादनगर्नुपर्छ भन्नेबारे महसुस भइसकेको बताए । भारतको सर्वोच्चअदालतले चार वर्षअघि त्यहाँउत्पादित ‘एन्टी स्नेक भेनम’अन्यमुलुकमानिर्यात नगर्न आदेश दिएपनिजसोतसो अहिले भारतबाट त्यो औषधिल्याएर कामचलाउने गरे पनि स्थानीयतहको मागअनुसार आपूर्ति गर्न गाह्रो परिरहेको सरकारी अधिकारी बताउँछन् ।भारतकापशु अधिकारकर्मीको विरोधकाकारण अदालतले ‘एन्टी स्नेक भेनम’अन्यमुलुकमा पठाउन रोक लगाइएको हुन सक्ने धेरैको अनुमान छ ।
‘नेपालमा सरकारी निकायबाट होस् या निजी क्षेत्रबाट ‘एन्टी स्नेक भेनम’औषधिउत्पादनगर्न आवश्यक छ,’ आचार्यले भने, ‘तर, यसकालागिऐन, कानुन नै अस्पष्ट भएकाले माथिल्लो निकायले यसबारे सोच्नु पर्छ ।’ राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु ऐनले सर्पपालनमा रोक लगाएकाले औषधिउत्पादनगर्न अनुमतिदिननसकिएको सरकारी अधिकारी बताउँछन् । उक्त ऐन संसोधन गरी ‘एन्टी स्नेक भेनम’उत्पादनमासहजीकरणको पहलमिलाउन सोहीप्रालिका सञ्चालकहरूले स्वास्थ्य, वनमन्त्रीलगायतकाउच्चपदस्थकर्मचारीलाई भेटिरहे पनिकुनै निचोड निस्कननसकेको बताए । ‘स्वास्थ्य, वनमन्त्री, संसद्को वातावरण समितिकापदाधिकारी तथाउच्चपदस्थकर्मचारीलाई भेट्दा सबैले राम्रो प्रयास भन्नु हुन्छ,’ फुयालले भने, ‘ठोस प्रक्रियाथाल्नकतैबाट निर्णय हुन सकेको छैन ।’ मंगलबार वातावरण समितिकापदाधिकारीलाई भेट्दा पनिनेपालमाअतिआवश्यक रहेको ‘एन्टी स्नेक भेनम’औषधिउत्पादनकिन रोकिएको भन्दै अचम्ममानेको फुयालले जानकारी दिए ।
‘एन्टी स्नेक भेनम’उत्पादन गरेर छाड्ने प्रयासमा जुटेकाफुयालले देशमानयाँप्रविधिको विकास गर्न खोज्दासरकारले सहयोग गर्नुपर्नेमा उल्टै पुराना ऐन, नियम पल्टाएर दुःखदिनु जायजनभएको गुनासो गरे । ‘राष्ट्रिय निकुञ्ज तथावन्यजन्तु ऐनले सर्पपालनमाअनुमतिदिँदैन भने त्यस्तो नियम परिवर्तन हुनआवश्यक छ,’ उनलेभने, ‘हजारौं मानिस सर्पको टोकाइबाट ज्यानगुमाउनबाध्यभइरहेको बेलाऔषधिबनाउनखोज्छौं भन्नेलाईनिरुत्साहीगर्नु भएन ।’ सरकारी निकायको विभिन्नबहानाले निरास पारिरहेको उनले बताए । कमसलखालको औषधिउत्पादन गरे या सरकारले तोकेको मापदण्ड अनुसार उद्योग विस्तार नगरे या ‘एन्टी स्नेक भेनम’उत्पादनकालागिप्रयोग गरिने भनिएका सर्प अन्यगलतकाममाप्रयोग गरिएको खण्डमा सरकारी तवरबाट हुने जस्तोसुकै कारबाहीभोग्नभने कुनै आपत्तिनभएको उनले बताए ।
नेपालउद्योग परिसंघका अध्यक्षतथानेपालको अग्रणी औषधिउत्पादककम्पनी देउरालीजनताफर्मास्युटिकल्सका प्रबन्धनिर्देशकहरिभक्तशर्मा कसैले कुनै नयाँ सोच लिएर कामगर्न खोज्छ भने त्यस्ताव्यक्ति र संस्थालाई सहयोग गर्नु सरकारको दायित्वहुने बताउँछन् । ‘नेपालमामात्रनभई दक्षिण एशियाली क्षेत्रमै ‘एन्टी स्नेक भेनम’को आवश्यक छ,’ शर्माले भने, ‘यस्तो अवस्थामा कसैले त्यस्तो औषधिबनाउनखोज्छ भने बाधापार्ने नियम परिवर्तन गरेर भएपनि सरकारले सहयोग गर्नुपर्छ ।’ उनले सरकारले कुनै पनिव्यवसायिक योजनासान्दर्भिक, सक्षमछ-छैन भनेर हेर्ने भने सक्ने बताए । ‘संसारमाअर्थतन्त्र, उद्योग व्यवसायको कसरी विकासभइरहेको छभन्नेबारे सरकारमा रहनेले बुझ्नुपर्छ,’ शर्मालेभने ।
कम्पनीले सरकारी निकायबाट सर्पपालनको अनुमतिपाउनेबित्तिकै दुई वर्षभित्र ‘एन्टी स्नेक भेनम’उत्पादनथाल्ने जनाएको छ । ‘वर्षमा १५ लाखभाइल‘एन्टी स्नेक भेनम’उत्पादनगर्ने लक्ष्य छ,’ फुयालले भने ।
प्रकाशित: ४ कार्तिक २०७३ ०५:३८ बिहीबार