१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नारायणघाटमा टाटा सोरुम, टियागो लन्च

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नारायणघाटमा नयाँ सोरुम, आरबी मोटर्स खोलेको छ। उक्त सोरुम नेपालमा टाटा प्यासेन्जर भेहिकलअन्तर्गत १७औं आउटलेट रहेको कम्पनीले जनाएको छ।

कम्पनीले नारायणघाटमा ‘स्पोर्टी ह्याचब्याक टियागो’ पनि बिक्री वितरणका लागि उक्त सोरुममा राखेको छ। उक्त स्पोर्टीमा अत्याधुनिक डिजाइनसहित डाइनामिक ड्राइभिङ सुविधा रहेको बताइएको छ। २२ लाख ५५ हजार पर्ने स्पोर्टीमा रिभोटर्न १.२ लिटर पेट्रोल इन्जिन रहेको विज्ञप्तिमा उल्लेख छ।

उद्घाटन कार्यक्रममा सिप्रदी ट्रेडिङका सिइओ राजेशप्रसाद गिरीले नयाँ तथा उत्कृष्ट उत्पादन प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। आरबी अटोमोबाइल्सका म्यानेजिङ डाइरेक्टर बिमल पौडेलले नयाँ सोरुमबाट टाटाका अत्याधुनिक सुविधा सम्पन्न जेस्ट, बोल्ट, स्ट्रोम लगायत नयाँ स्पोर्टी ह्याचब्याक टियागो गाडीको पहुँच ग्राहकसम्म पुग्ने बताए।

 

प्रकाशित: ९ आश्विन २०७३ १४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App