१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

डिस होमको दशैं तिहार योजना

काठमाडौं– डिस होमले नेपालीहरुको महान चाड बडादशैँ तथा तिहारका लागि नयाँ योजना सार्वजनिक गरेको छ।

मंगलबार सार्वजनिक गरिएको ‘यो उत्सब डिस होमले बन्छ महोत्सव’ नामक नयाँ योजनाअन्तर्गत ग्राहाकले डिस होमको हाइब्रिड एचडी कनेक्शन किन्दा ३ हजारसम्मको छुट पाउने छन्।

डिस होमले एक विज्ञप्त्ति जारी गर्दै ग्राहकले रु. ५ हजार ९ सय ९९  पर्ने हाइब्रिड एचडी कनेक्शन २ हजार ९ सय ९९ मा किन्न सकिने बताएको छ। उसले हाइब्रिड एचडी सेटअप बक्समासमेत भारी छूट दिने बताएको छ।

डिस होमका नायव महाप्रबन्धक कल्याण अधिकारी आफूहरुले हरेक वर्ष दशै– तिहारको अवसरमा छूट योजना ल्याउने गरेको र यसपाली केही विशेष योजना ल्याएको बताएका छन्। उनलले भने, ‘हामी आफ्ना ग्राहकलाई सर्वसुलभ मूल्यमा डिस होम जडान गर्न प्रेरित गर्न चहान्छौँ र यही कारण नेपालीहरुको महान चाड दशैं तिहारका लागि विशेष छूट योजना ल्याएका हौं।

 

प्रकाशित: ३० भाद्र २०७३ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App