१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

दूधपोखरी चेपे जलबिद्युतमा बाणिज्य बैंकले लगानी गर्ने

गोरखाको दूधपोखरी चेपे जलबिद्युत आयोजनामा राष्ट्रिय बाणिज्य बैंकले लगानी गर्ने भएको छ। बैंकले ११९ करोड लगानी गर्ने भएको हो।

गोरखाको दूधपोखरीमा निर्माणधिन चेपे जलबिद्युत आयोजनामा बैंकले एक्लै १ अर्ब १९ करोड लगानी गर्ने गरी राजधानीमा एक कार्यक्रम गरी सम्झौतामा हस्ताक्षर भएको छ।

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठले आयोजना समयमा नै सम्पन्न हुनेमा आफूहरु विस्वस्त भएको बताए। स्वदेशी उत्पादनलाई बढाबा दिन बैंकले चेपेमा लगानी गर्न सहमत भएको उनले बताए। आयोजनामा बैंकले ७० प्रतिशत लगानी गर्ने उनको भनाइ छ।

आयोजनाका अध्यक्ष सविन प्रद्यानाङ्गले चेपे दूधपोखरी जलविद्युत आयोजना ८.८५६ मेगावाटको भएको बताए। उनका अनुसार जलविद्युतको लागि चाहिने सडक एवं प्रसारण लाइनको काम ९० प्रतिशत सम्पन्न भइसकेको छ। स्वदेशी लगानीमा नै निर्माण हुन लागेको जलविद्युत आयोजना २०८१ को जेठसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको उनले जनाए।    

प्रकाशित: २० माघ २०७९ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App