७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

लुम्बिनी र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभिने

लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ। लुम्बिनी इन्स्योरेन्सका तर्फबाट अध्यक्ष मनोहर दास मूल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहने सहमति भएको छ। मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा प्रस्तुत गरिने र शेयर आदान प्रदान अनुपात क्रमशः १००ः८० कायम रहने भएको छ।

प्रकाशित: १८ माघ २०७९ ०२:३० बुधबार

लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरसम्बन्धी विशेष प्रस्ताव