९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक दोहोरो अंकले घटेको छ।

आइतबार नेप्सेपरिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा झरेको छ। साताको पहिलो कारोबार दिन नेप्सेपरिसूचक दिनभरजसो उतारचढावपूर्ण रह्यो। सुरुवाती चरणमा नेप्सेपरिसूचक घटेर २१६४.३८ बिन्दुसम्म झरेको थियो।

आइतबार १२ः२० को समयमा नेप्सेपरिसूचक २१९२.७७ बिन्दुमा पुगेको थियो। कारोबार बन्द हुने बेला भने नेप्सेपरिसूचक २१६८.५३ बिन्दुमा आएर राताम्मे भयो। आइतबार ४८ कम्पनीको सेयर बढ्यो भने १६१ कम्पनीको सेयर घट्यो भने ४ कम्पनीको सेयर स्थिर रह्यो। ८२ लाख ७६ हजार ७ सय ५१ कम्पनीको सेयर किनबेच हुँदा तीन अर्ब १ करोड ७० लाख ६३ हजार ९ सय ५६ रूपैयाँको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्सेका तीन वटै उपसूचक घटेका छन्। सेन्सेटिभ सूचक २.८३ अंक, फ्लोट सूचक ०.९० अंक र सेन्सेटिभ फ्लोट सूचक भने ०.७६ अंकले घटेको छ। नेप्सेका १३ वटा उपसूचकमध्ये आइतबार ११ वटा उपसूचक राताम्मे भएर घटे भने दुई वटा मात्रै बढे।

आइतबार बढ्ने उपसूचकहरूमा जीवनबीमातर्फ ३७.९६ अंक र होटल तथा पर्यटनतर्फको उपसूचक ६.८८ अंकले बढेको छ। आइतबार सबैभन्दा धेरै घट्ने उपसूचकमा विकास बैंकतर्फको उपसूचक ६१.३५ अंक, माइक्रोफाइनान्सतर्फ ४१.८८ अंक, फाइनान्सतर्फ भने ३७.७२ अंकले घटेको छ।

आइतबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा लुम्बिनी जनरल इन्सुरेन्स र बाराही हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतको दरले वृद्धि भएको छ। इष्टर्न हाइड्रोपावर कम्पनी, आर्दश लघुवित्त कम्पनी, सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको छ। आइतबार सबैभन्दा धेरै घट्ने कम्पनीहरूमा समृद्धि फाइनान्स कम्पनीको सेयर ६.०९ प्रतिशत र सिभिल लघुवित्त कम्पनीको सेयर ६.०८ प्रतिशतले घटेको छ।

प्रकाशित: १६ माघ २०७९ ०४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App