१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अटो सोमा महिन्द्रा मोजो लन्च हुने

काठमाडौं- महिन्द्रा कम्पनीले गर्न लागेको नाडा अटो सो २०१६ मा महिन्द्रा मोजो ३०० सिसीको लन्चका लागि भारतको पुनेबाट व्यावसायिक राइडर नेपाल आउने भएका छन्। भारतबाट महिन्द्रा मोजो नै चलाई आउने मोजो राइडरहको उपस्थितिमा हुने नाडाको यो पहिलो अन्तर्राटि्रयस्तरको लन्च भएको बताइएको छ।

भारतबाट आउने मोजो राइडर्स सारथ शेनोय तथा डेनियल डेरिक भारतको पुनेबाट महिन्द्रा मोजो मै काठमाडौंमा रहेको नाडा अटो सोमा आउने भएको कम्पनीले जानकारी दिएको छ। राइडरहरुको यात्रा भारतको पुनेबाट २३ अगस्तबाट सुरु भई इन्दौर, झँासी, लखनउ, गोरखपुर र वीरगन्ज हुँदै २८ अगस्त २०१६ मा १२ सय किलोमिटर दुरी तय गर्दै काठमाडौं आइपुग्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ भाद्र २०७३ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App