१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

जुम्लामा स्याउ ग्रेडिङ मेसिन सञ्चालनमा

जुम्ला- जुम्लाको अर्गानिक स्याउ ग्रेडिङका लागि ल्याइएको ६ वर्ष पछि मेसिन सञ्चालनमा आएको छ। आर्थिक वर्ष २०६९।२०७० मा ८० लाख रुपैयाँमा जुम्ला पुर्याइएको सो मेसिनले मंगलवार देखि स्याउ ग्रडिंङ गर्न शुरु गरेको हो। प्रमुख जिल्ला आधिकारी रुद्र प्रसाद पण्डितले पहिलो पटक स्याउ ग्रेडिङ गरेर मेसिन सञ्चालनमा आएको घोषणा गरे। प्राविधिक आउन ढिलो भएको र केहि मेसिनका पाटपुर्जा खिया लागेर विग्रिसकेकाले समयमै सञ्चालन गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

ग्रेडिङ मेसिन सञ्चालन भएपनि किसान सन्तुष्ट देखिएका छैनन। किसानले ग्रेडिङ गर्न स्याउ ल्याउँदा स्याउ राख्ने गोदाम र व्यवस्थापन नहुने भएको समस्य दर्शाएका हुन।

दुई वर्ष मेसिन राख्ने जग्गाको टुंगो नलाग्दा खुला आकाशमा अलपत्र अवस्थामा राखिएको थियो। मेसिन राख्नको लागि जग्गाको छनौट नहुदै मेसिन ल्याएपछि समस्य भएको थियो । दुई वर्ष पछि चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितीको जग्गामा लिजमा लिएर मेसिन राख्ने भवन वनाईएपछि सुरक्षित भएको हो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख विष्णु वहादुर महतले मेसिनको व्यवस्थापनको लागि निकै चुनौति भोग्नु परेको बताए।

प्रकाशित: ७ भाद्र २०७३ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App