५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्न

सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको सह-आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२३’ प्रदर्शनात्मक कार्यक्रम बुटवल-भैरहवामा सम्पन्न गरिएको छ।

नेक्सनइभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको थियो। अभियानमा बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौंको सलिम श्रेष्ठको ३४७ किमि रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाटआवर निकाल्न सफलभई प्रथम भएका छन्।

यस्तै ३८७ किमि रेन्ज निकालेर गोपाल शर्मा दोश्रो र ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराईले तेस्रो स्थान हासिल गरेका छन्। यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले इभीचलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको थियो।

प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलइडी टिभी जितेका छन् भने दोश्रो भएका गोपाल शर्माले सामसुङ ओभन जितेका छन्। तेश्रो स्थानका सुवोध भट्टराईले एयर फ्रायर जितेका छन्।

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरू प्रति ग्राहक वर्गको द्विविधालाई हटाइ यसबाट प्राप्त हुने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्तजंग सिजापतीले बताएका छन्।

प्रकाशित: ४ माघ २०७९ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App