१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीको पदभार ग्रहण गर्दै महराले सुनाए तीन नीति

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो पदभार ग्रहण गर्दा आफुले तीनवटा नीति लिएको बताएका छन्। उनले युवा उद्यमीलाइ प्रोत्साहनका लागि बिशेष कार्यक्रम गर्ने, बिकासका लागि विनियोजित वजेट प्रभावकारी ढंगले खर्च गर्ने र राजश्व संकलनलाइ बैज्ञानिक र आधुनिकिरण गर्ने बताए।

उनले यो नितिलाई बस्तुगत योजना र कार्यक्रममा ढाल्न सबैको सहयोग चाहिने समेत बताए। ‘मैले नीति निर्माणमा हस्तक्षेप गर्छु । तर योजना र कार्यक्रममा स्वतन्त्र ढंगले कार्यान्वयन गर्न म तपाईहरुलाई सहयोग गर्छु,’ उनले भने, ‘मलाई नीति निर्माणमा सहयोग गर्नुहोस्। मैले मान्छेको अनुहार हेरेर काम गर्दिन। नीति सही ढंगले कार्यान्वयन भयो की भएन मात्र हेर्छु।‘

महराले देशको नाजुक आर्थिक स्थितिलाई सुधार गर्नुपर्ने र आर्थिक बृद्धिदर बढाएर अर्थतन्त्रलाइ मजबुत गर्ने चुनौतीसँग सबै जुध्नु पर्ने बताए। 
 

प्रकाशित: २१ श्रावण २०७३ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App