१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् दुई खर्ब ४१ अर्ब २० करोड, सोझै खरिद बोलकबोलमार्फत्  ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड गरी कूल ३० खर्ब सात अर्ब ७५ करोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् २६ खर्ब ६१ अर्ब छ करोड तरलता प्रवाह भएको थियो।  

प्रकाशित: २९ पुस २०७९ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App