हिमालयन बैंकले आफ्ना ग्राहकको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकको विभिन्न शाखामा क्यास रिसाइकल मेसिन सञ्चालनमा ल्याएको छ।
हाल बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगञ्ज शाखा, न्युरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा सातवटा क्यास रिसाइकल मेसिन स्थानान्तरण गरी सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित: २८ पुस २०७९ ०६:१८ बिहीबार