४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चौथो जेम एण्ड ज्वेलरी एक्स्पो आगामी शुक्रवारबाट

नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा चौथो जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ। पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पो हुने भएको छ।

एक्स्पो सुरु हुने अघिल्लो दिन पुस २८ गते ज्वेलरी फेसन सो आयोजना गरिने जानकारी पनि संघले दिएको छ। मंगलवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ नेप्लिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताइन। उनका अनुसार नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्‍याउन एक्सपो आयोजना गर्न लागेको जानकारी दिइन्।

ज्वेलरी फेसन सोमा बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मल्लैका अरोराले नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ।होटल याक एन्ड यतिमा बिहीवार साँझ ६ बजे बलिउड अभिनेत्री अरोराले मोडलिङ गर्न लागेका हुन्। निःशुल्क प्रवेश पाइने जेम एण्ड ज्वेलरी एक्स्पोको उद्घाटन भने शुक्रवार होटल याक एन्ड यतिमा हुने भएको छ। एक्स्पो बिहान १० देखि साँझ ७ बजेसम्म चालु रहने छ।

आयोजक समितिका द्वितीय उपाध्यक्ष तथा एक्स्पो संयोजक शक्तिकुमार बेगानका अनुसार उक्त फेशन सोमा भारतीय सिने अभिनेतृ एवं सञ्चारकर्मी मलैका अरोरा नेपाली पोशाक र आभुषण पहिरिएर र्‍याम्पमा प्रस्तुत हुँदा आर वी डाइमण्ड ज्वेलर्स, गणपति ज्वेलर्स नेपाल, सयपत्री (मेरिगोल्ड) ज्वेलर्स, क्वीन्स ज्वेल्स्, धनश्री ज्वेलर्स, डिसी डाइमण्ड आदि विभिन्न प्रमुख ज्वेलर्स कम्पनीहरूले फेसन सो गर्नेछन्।

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष मनिषलाल प्रधानले चालु पुँजी कर्जा संशोधनले तात्विक असर नगरेको र कर्जा व्याजदर एकलविन्दुमा झारेमा मात्र गरगहनाको लागत कम पर्न गइ मूल्य घट्ने बताए।  

प्रकाशित: २८ पुस २०७९ ०६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App