४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेले २२ सय नाघ्यो

साताको दोस्रो दिन आइतबार नेप्से परिसूचक ४७.१५ अंकले बढेर २२११.७६ बिन्दुमा पुगेको छ। पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै पछिल्ला दिनमा सेयर परिसूचक निरन्तर उकालो लाग्दै आइरहेको छ।

सोमबार पनि नेप्सेपरिसूचक उच्च अंकले बढेर २२ सय बिन्दु पार गरेको छ । एक करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४३ लाख ७ हजार ८ सय ५३ रूपैयाँको सेयर कारोबार भएको छ। १७३ कम्पनीको सेयर बढ्यो भने ३१ कम्पनीको सेयर घटेको छ। ६ कम्पनीको सेयर स्थिर रह्यो।

आइतबारको तुलनामा सोमबार कारोबार रकमको आधारमा भने कम भयो। आइतबार एक करोड ४१ लाख ९ सय ८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रूपैयाँको सेयर कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार १० करोड रूपैयाँ कमको कारोबार भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीन वटै सूचक बढेका छन्। सेन्सेटिभ सूचक ८.६८ अंक, फ्लोट परिसूचक ३.४८ अंकले बढेको छ, त्यस्तै सेन्सेटिभ फ्लोट पनि ३.०५ अंकले बढेको छ। नेप्सेका १३ वटै उपसूचकमध्ये सोमबार होटल तथा पर्यटन उपसूचक बाहेक अन्य १२ वटै सूचक बढेका छन्। सोमबार होटल तथा पर्यटनतर्फको उपसूचक भने ५.८४ अंकले घटेको छ। सबैभन्दा धेरै बढ्ने उपसूचकहरूमा निर्जीवन बीमातर्फ २४१.०२ अंकले बढेको छ। जीवनबिमातर्फ १८२.४५, त्यसैगरी विकास बैंकतर्फ १२३.३४ अंक, हाइड्रो पावरतर्फ १२२.६१ अंकले बढेको छ।

सोमबार ८ वटा कम्पनीका सेयर १० प्रतिशतका दरले बढेको थियो। १० प्रतिशतका दरले बढ्ने कम्पनीहरूमा बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर,जोशी हाइड्रोपावर हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रो पावर, सिँगटी हाइड्रोपावर, खप्तड लघुवित्त कम्पनीको सेयर बढेको छ।

सोमबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा स्वाभिमान लघुवित्त कम्पनीको सेयर ३.५७ प्रतिशत, धौलागिरी लघुवित्त कम्पनीको सेयर २.४४ प्रतिशतले घटेको छ।

प्रकाशित: २६ पुस २०७९ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App