५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

खेल प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

 दि नेपाल डिस्टिलरिजको उत्पादन ‘खुकुरी रम’ ले खेल प्रवर्द्धनमा ध्यान दिन थालेको छ।

पछिल्लो समय खुकुरी रमले खेलको प्रवर्द्धन र खेलाडीको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टमा सहकार्यको अभ्यास सुरु गरेको हो।

हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो। गल्फ खेलको प्रवद्र्धन र खेलाडीको मनोबल वृद्धि गर्न कम्पनीले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदीक्षा अधिकारीले बताइन्। उनले भनिन् ‘खुकुरी रमले यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत कम्पनीले सहकार्य गरेको छ।’

कम्पनीले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रूपमा रहेका खेलाडीको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ।

खुकुरी रमले आगामी दिनमा समेत खेलको प्रवर्द्धनमा सहकार्यको यो शृङ्खलालाई जारी राख्ने उनले जानकारी दिए ।

प्रकाशित: २६ पुस २०७९ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App