५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रहरीका पेट्रोल पम्पहरु चौबिसै घण्टा खुल्ने

नेपाल प्रहरीले संचालन गरिरहेका पेट्रोल पम्पहरु अबदेखि चौबिसै घण्टा खुल्ने भएका छन्।

प्रहरीले उपत्यका र उपत्यका बाहिर गरी पाँच वटा पेट्रोल पम्प संचालन गर्दै आएको छ।  

नेपाल प्रहरीका एसएसपी दानबहादुर कार्कीले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै सबै पेट्रोल पम्प २४ घण्टा खोल्ने निर्णय भएको बताए।

नेपाल प्रहरीले काठमाडाैंको नक्साल र सामाखुसीमा दुई वटा पेट्रोल पम्प संचालन गरिरहेको छ। काठमाडौ बाहिर भने बाराको पथलैया, सप्तरीको कत्लाम र चितवनको भरतपुरमा पेट्रोल पम्प संचालन गरिरहेको छ।

प्रकाशित: २१ पुस २०७९ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App