१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आनको २३ औं साधारणसभा सम्पन्न

नेपाल विज्ञापन संघको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभा सोमप्रसाद धितालको अध्यक्षता र सञ्चार तथा सूचना प्रविधि सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

संघको साधारणसभापछि ‘विज्ञापनको उद्देश्य, उपलब्धि र अपेक्षा तथा विज्ञापन साझा जिम्मेवारी’ विषयक अन्तरक्रिया गरिएको थियो। पहिलो सत्रको सहजीकरण अध्यक्ष सोमप्रसाद धितालले गरेका थिए।

त्यसैगरी प्यानलिष्टका रूपमा विज्ञापन बोर्डको अध्यक्ष लक्ष्मण हुमागाई रहेका थिए । दोस्रो सत्रको सहजीकरण आनका सल्लाहकार रन्जितराज आर्चाय र प्यानलिष्टहरूमा मिडिया सोसाइटिका अध्यक्ष शुभ शंकर कँडेल, मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. अर्याल रहेका थिए।

सञ्चार तथा सूचना प्रविधि सचिव डा. अर्यालले विज्ञापन क्षेत्रका समस्या लिखित रूपमा जानकारी गराउन अनुरोध गर्दै बजार अनुसन्धान गर्न आवश्यक रहेको बताए। यस्तै अध्यक्ष धितालले विज्ञापन क्षेत्रमा रहेका यावत समस्याको बारेमा सभालाई जानकारी गराउँदै सरकारलाई समस्या समाधानमा विशेष पहल गरिदिन आग्रह गरेका छन्। साथै उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन नीति आवश्यक रहेको औंल्याए।

कार्यक्रममा विशेष अतिथिको रूपमा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा अतिथिहरूमा संघका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, विज्ञापन बोर्ड र विभिन्न संघ संस्था तथा सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। 

प्रकाशित: २१ पुस २०७९ ०३:२४ बिहीबार

नेपाल विज्ञापन संघ