८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ई–सेवा मनी ट्रान्सफरको आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ।

ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको बताएको हो।

रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई–सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ।

कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतबारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए।

उनले कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको बताए। सिईओ कोइरालाले विप्रेषण विनियमावली ०६७ विनियम ७ को खण्ड (ञ) मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य मात्र गर्न पाउने व्यवस्था अनुसार नै काम गर्दै आएको बताए।

राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्नु निर्देशन दिएकाले राष्ट्र बैंकको  निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको उनले उल्लेख गरे। नेपाल सरकार र नेपाल राष्ट्र बैंकले डिजिटल कारोबार प्रवद्र्धन र प्रोत्साहनलाई प्राथमिकतामा राखेको तथ्यलाई दृष्टिगत गरी ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रमिट्यान्स कारोबार बन्द गरिएको बताए। 

प्रकाशित: १८ पुस २०७९ ०७:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App