२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

फेवा तालमा माछाका ८ हजार भुरा छोडियो

पोखरा–  जिल्ला कृषि विकास कार्यालयले बुधबार फेवा तालको खपौंदी क्षेत्रमा ८ हजार माछाका भुरा छोडेको छ।

हर्पन फेवा मत्स्य सहकारी संस्था, खपौदीमा आयोजित एक कार्यक्रमकाबीच पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, जिल्ला कृषि विकास कार्यालयका प्रमुख रमेशप्रसाद कोइरालाले संयुक्त रुपमा माछाका भुरा छाेडेका हुन्।

फेवा तालमा रु एक लाख मूल्य बराबरका २० हजार माछाका भुरा छोड्ने योजना रहेको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए। तालमा रहु, नैनी, विगेटलगायतका विभिन्न जातका माछाका भुरा छोडिएको हो । रासस

प्रकाशित: २२ असार २०७३ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App