१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

नेशनललाईफ इन्स्योरेन्सको चेयरपर्सन कार्यक्रम

नेसनललाईफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्नभएको हो।

कम्पनीले आव २०७८/२०७९ मा तोकिएको लक्ष्य पूरा गरेका ६०० जनाभन्दा बढी अभिकर्ताहरूलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको हो।  

कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई जीवन बिमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरूको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले भारतका चर्चित मोटिभेटर सइद अफ्जल अहमदबाट उत्प्रेरणा तथा जीवन बिमा बिक्रयकला सम्बन्धी तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो। यसका साथै नयाँ बिमा ऐन २०७९ ले अभिकर्ताहरूबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी गराइएको थियो।  

समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यावसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई कम्पनीले सधैं प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता व्यक्त गरेका छन्।

प्रकाशित: १० पुस २०७९ ०३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App