नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा सुरु भएको छ।
बैंकले आफ्ना सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकता विचार गरी तेस्रो विस्तारित काउण्टर सेवा प्रतिष्ठान काठमाडौंस्थित रविभवनमा सुरू गरेको हो। बैकले यही पुस ५ गतेदेखि कलंकी शाखाको मातहत रहने गरी उक्त काउण्टर सेवा सञ्चालनमा ल्याएको हो।
यसै क्रममा बैकंका प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको उपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको हो।
प्रकाशित: ६ पुस २०७९ ०२:२३ बुधबार