१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई मेडिकल कलेजमा छुट

सिद्धार्थ बैंक र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवामा १० प्रतिशत छुट हुने भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेज बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, क्युआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २७ मंसिर २०७९ ०२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App