सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो पाँचौ वार्षिक उत्सवको अवसरमा भक्तपुरको चाँगुनारायणस्थित तुलसादेवि हरिहर फाउन्डेसन ‘तुलसालय आश्रम’ लाई खाद्यन्न सामग्री प्रदान गरेको छ।
सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तुलसालय आश्रममा दाल, चामल, तेल लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रमुख नरेशकुमार थापाले जानकारी दिए। क्षेत्रीय प्रमुख थापाले आफ्नो कम्पनी स्थापना दिवसको अवसरमा उपत्यकामा मात्र नभई सातै प्रदेशमा यस किसिमको सहयोग गरेको बताए। उनले आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने उल्लेख गरे।
त्यसैगरी तुलसालय आश्रमका सञ्चालक विमल काफ्लेले सानिमा लाइफ इन्सोरेन्सको सहयोगले आफ्नो संस्थालाई थप ऊर्जा मिलेको बताए। कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स नयाँ बानेश्वर शाखाका प्रमुख मनोजकुमार शाह, एमडिआरटी च्याङ्बारानी तामाङ, एजेन्सी म्यानेजर कौशल कुस्वाहा लगायतका व्यक्तिको सहभागिता थियो। तुलसालय आश्रमले विभिन्न क्षेत्रका अनाथ बालबालिकाको हेरचाह गरिरहेको छ।
प्रकाशित: २३ मंसिर २०७९ ०२:०९ शुक्रबार