१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

विराटनगरमा मंसिर २९ देखि कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा मंसिर २९ गतेदेखि विराट एक्स्पो आयोजना हुँदैछ। उद्योग संगठन मोरङले पुस ६ गतेसम्म कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी भइरहेको जनाएको छ।

विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै उद्योग संगठन मोरङले औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ एक्स्पोको सातौं संस्करण आयोजना गरेको बताएको छ। उद्योग संगठनले २०५३ सालदेखि निरन्तर रुपमा एक्स्पो आयोजना गर्दै आएको हो। ०५३ सालदेखि निरन्तर मेला (एक्स्पो)आयोजना गर्दै आए पनि विभिन्न समय राजनैतिक समस्या र कोभिडका कारण निन्तरण दिन नसकेको पत्रकार सम्मेलन जानकारी दिएको छ।

एक्स्पो एक औद्योगिक एक्स्पो भएकाले यसको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान हुने बताउँदै, एक्स्पोका संयोजक भोलेश्वर दुलालले भने, ‘यस पटकको एक्स्पो विगतको भन्दा फरक र नौलो हुनेछ। एक्स्पोमा उद्योगका उत्पादन प्रदर्शनी र बिक्री गर्नु मात्रै उद्देश्य नभएर प्रदेश १ को पर्यटकीय क्षेत्रको प्रचारप्रसार, कृषि उत्पादनको व्यवसायीकरणको प्रवद्र्धन पनि हुनेछ।’

यस पटकको एक्स्पोमा नवप्रवद्र्धक (स्टार्टअप)को व्यावसायीक विकासमा सहयोग पुग्नेछ। यसबाट स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठूलो योगदान पुग्नेछ। आर्थिक एवम् औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिक रूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारहरूको आयोजना एक्स्पोमा हुने एक्स्पोका संयोजक दुलाले बताए।

एक्स्पोको अर्को मुख्य आकर्षण प्रदेश १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको व्यवस्थापन गरिएको छ।

एक्स्पोमा ३ सय ६१ स्टल रहेका छन्। एक्स्पोमा स्वदेशीलाई उत्पादनलाई प्राथमिकतामा राख्दै भारत, पाकिस्तान र बंगलादेशका उत्पादनको प्रदर्शनी हुनेछ। स्थानीय परिकारका साथै सिगिङ आइडल प्रतियोगिता र विभिन्न साँगीतिकलगायतका कार्यक्रम आयोजना हुने उद्योग संगठनले जनाएको छ।  

प्रकाशित: १८ मंसिर २०७९ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App