५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चर्को व्याजदर फिर्ता हुनुपर्ने माग राख्दै जुम्ला उद्योग बाणिज्य संघले बुझायो प्रशासनलाई ज्ञापनपत्र

व्यापारीहरुको छाता संगठन उद्योग बाणिज्य संघ जुम्लाले जिल्ला प्रशासनलाई ज्ञापनपत्र पेश गरेको छ। बाणिज्य संघले चार वटा माग राखेर ज्ञापनपत्र पेश गरेको हो।

उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटो प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीलाई ज्ञापनपत्र पढेर पेश गरेका थिए। देशको आर्थिक मेरुदन्डलाई बलियो बनाउन देश विकास गर्ने हो भने बैंक तथा वित्तिय संस्था द्वारा हालै गरिएको चर्को व्याजदर फिर्ता हुनुपर्ने,हाल ऋणिहरुले तिरेको थप व्याज फिर्ता हुनपर्ने,उद्योगिहरुलाई सहजिकरणका लागि आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा हेल्पडेक्स निमार्ण गर्न समन्वयकारी भूमिका खेल्नुपर्ने र बालन गरिएका घरदैलो तथा घुमन्ते व्यवसायहरु लाई नेपाल सरकारको कानुनी दायरामा ल्याएर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने माग उल्लेख गरेका छन्।

व्यवसायीक र संरक्षणका लागि हाम्रा मागहरु सम्बोधन नभए विभिन्न कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन्। ज्ञापनपत्रमा भनिएको छ। विकासोन्मुख अवस्थामा रहेको हाम्रो देश नेपालमा विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) बाट उद्योगधन्दा कलकारखाना थला परेका छन्।  

मजदुर तथा कर्मचारीहरु कटौति गर्नु पर्ने अवस्था उत्पादनमा कमी इन्धनमा भएको मुल्यवृद्धिले पिडामा परेका उद्योगी व्यवसायीहरु बैंक तथा वित्तिय सस्थाहरुले वृद्धि गरेको व्याजदरका कारण पिडामा परेको छ। देशनै आर्थिक संकटको अवस्थामा रहेका बेला देशको अर्थतन्त्रको मुख्य मेरुदन्डको रुपमा रहेको निजि क्षेत्रलाई थप प्रोत्सान गर्नुपर्ने, उद्योग व्यापार संचालन गर्दा अनुदान, दक्ष जनशक्ति प्रदान, विश्व बजारसंग प्रतिधि बनाउन लाग्नुपर्ने अवस्थामा चक व्याजदरले देशमा सबै उद्योगि व्यापारि पलायन हुने अवस्थामा रहेका छन्। यता प्रजिअ मुकेश कुमार केसरीले व्यापारीहरुका माग सम्बोधन गर्ने पहल गर्ने बताए।

प्रकाशित: ११ मंसिर २०७९ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App