७ वैशाख २०८१ शुक्रबार
अर्थ

निजी क्षेत्रको मनोबल कमजोर भएको छः गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय निजी क्षेत्रको मनोबल कमजोर भएको बताएका छन्।  

शुक्रबार उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले बजारमा तरलता चरम अभाव,उद्योगको उत्पादन क्षमतामा कमी,बैंकको ब्याजदर वृद्धि लगायत सरकारको नीतिको कारण निजी क्षेत्रको मनोवल कमजोर भएको बताएका हुन्।  

उनले सरकारले लामो समय आयात प्रतिवन्ध गर्दा राजश्व संकलनमा कमी आएकाले सरकारको दैनिक खर्च गर्नसमेत समस्या हुने गरेको बताए। सरकारले मुलुकको वर्तमान अर्थतन्त्रमा वास्तविकता परीक्षण गर्न आवश्यक रहेको उनको भनाइ थियो।  

अध्यक्ष गोल्छाले अहिले ५० लाख विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेको बताए। उनले देशभित्र नै युवाहरुलाई रोजगारी दिन नसक्नु उद्योगी व्यवसायी र सरकारको कमजोरी भएको बताए। उनले युवाहरुलाई देशभित्र नै रोजगारी दिन नसक्नु चुनौतीपूर्ण अवस्था भएको बताए

गोल्छाले ६० वर्षदेखि नेपालमा उद्योग क्षेत्रका समस्या एउटै भएपनि अहिलेसम्म एउटै समस्या यथावत रहेको बताए। उनले देशभित्र नै औद्योगिक विकास गरी उचित मूल्य दिन सक्नुपर्ने बताए।  

प्रकाशित: ९ मंसिर २०७९ ०९:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App